जोडिनुहोस
  • होमपेज
  • मानव बेचबखनको स्वरुपमा परिवर्तन भएको छः चरिमाया

मानव बेचबखनको स्वरुपमा परिवर्तन भएको छः चरिमाया

काठमाडौं – शक्ति समूहकी अध्यक्ष तथा मानव बेचबिखनविरुद्धकी अन्तर्राष्ट्रिय अभियन्ता चरिमाया तामाङले अहिले पनि परिवर्तित स्वरुपमा मानव बेचबिखन भईरहेको बताएकी छिन् । शक्ति समूहको आयोजना र मुक्ति साउथ एसिया तथा एक्प्याक्ट लक्जेम्बर्गको सहयोगमा मंगलबार ललितपुरमा आयोजित मानव बेचबिखन न्युनिकरणमा सञ्चार क्षेत्रको भूमिका विषयक कार्यशालामा तामाङले स्वरुपमा परिवर्तन भएर मानव बेचबखन भइरहेको बताएकी हुन् ।

तामाङले, पहिले अशिक्षाको कारण बालिका र महिलाहरु बेचबिखनमा पर्ने गरेको भए पनि अहिले भने पढेलेखेका महिलासंगै पुरुषहरु समेत बेचिन थालेको बताएकी छन् । तामाङले अहिले पनि रोजगारी लगायतका नाममा मानव बेचबिखन भईरहेको र पहिलेको भन्दा यस्को स्वरुपमा परिवर्तन आएको बताइएकी हुन् । सामाजिक संजालको बढ्दो प्रयोगले पनि बेचबिखन रोकथाममा चुनौती थपेको उनले बताईन् ।

आफूहरु बेचबिखनमा परेर स्वदेश फर्किदाको अवस्था र यो बीचको करीब ३० वर्षको अवधिमा नेपाली समाजमा केही परिवर्तन देखिएपनि मानव बेचबिखनलाई निर्मुल गर्न अझै धेरै कामगर्न बाँकी रहेको बताउँदै, एकाध घटना बाहेक बेचबिखन प्रभावितलाई पुनर्स्थापित गर्न नेपाली मिडियाले खेलेको भुमिका प्रशंसायोग्य रहेको तामाङको भनाई थियो ।

कार्यक्रममा मुक्ति साउथ एशियाको तर्फबाट उर्मिला श्रेष्ठले नेपालमा मानब बेचिबखनको पछिल्लो अवस्थाबारे जानकारी गराएकी थिइन् । अहिले पनि गरीबी र पारिवारिक विखण्डनका कारण बेचबिखन हुनेका संख्या आधा भन्दा बढी रहेको तथ्यांक उनले प्रस्तुत गरेकि थिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका