जोडिनुहोस
  • होमपेज
  • टी-२० सिरिजमा नेपालको दोस्रो हार, ९ विकेटले हङकङ विजयी

टी-२० सिरिजमा नेपालको दोस्रो हार, ९ विकेटले हङकङ विजयी

चार देश सम्मिलित टी–२० सिरिजमा नेपालले दोस्रो हार व्यहोरेको छ ।

बिहीबार भएको खेलमा नेपाल, हङकङसँग ९ विकेटले पराजित भएको हो । लगातार दोस्रो जित हात पार्ने क्रममा घरेलु टोली हङकङले नेपालले दिएको ५७ रनको लक्ष्य मात्र ९ ओभरमा १ विकेट गुमाएर भेट्टायो । उसका लागि नताशा माइल्सले अविजित ३० रन बनाइन् भने शान्जीन शहजादले अविजित २० रन जोडिन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले १८ ओभरमा ५६ रन जोड्दा सबै विकेट गुमाएको थियो । नेपालका लागि रुबिना क्षेत्रीले २५ रन बनाउनु बाहेक कुनै पनि ब्याटरले दोहोरो अंक जोड्न सकेनन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका