जोडिनुहोस
  • होमपेज
  • भारतले दोस्रो भ्वाइस अफ ग्लोबल साउथ समिट आयोजना गर्दै

भारतले दोस्रो भ्वाइस अफ ग्लोबल साउथ समिट आयोजना गर्दै

भारतले १ मंसिरमा भर्चुअल ढाँचामा दोस्रो भ्वाइस अफ ग्लोबल साउथ समिटको आयोजना गर्दै छ। भारतले यसअघि २८–२९ पुस ०७९ मा भर्चुअल ढाँचामै पहिलोपटक भ्वाइस अफ ग्लोबल साउथ समिटको आयोजना गरेको थियो।

भारतको यस नवीनतम पहलले साझा मञ्चमार्फत आ–आफ्ना विचार तथा प्राथमिकता एक(अर्कासँग साटासाट गर्न ग्लोबल साउथका १२५ राष्ट्रलाई एकै ठाउँमा ल्याएको थियो।

जी–२० को अध्यक्षता अवधिभर, भारतले ग्लोबल साउथका सरोकारहरूलाई समयमै सम्बोधन गर्ने र जल्दोबल्दो विश्वव्यापी चुनौतीको समाधान खोज्ने क्रममा ग्लोबल साउथका प्राथमिकतालाई ध्यानमा राख्नेतर्फ काम गरेको छ।

भ्वाइस अफ ग्लोबल साउथको दोस्रो संस्करणले भारतको अध्यक्षतामा सम्पन्न विभिन्न जी–२० बैठकहरूले हासिल गरेका मुख्य उपलब्धिहरू ग्लोबल साउथका राष्ट्रहरूसँग साझा गर्नेछ।

विश्वव्यापी विकासका कारण देखा परेका चुनौतीका विषयमा पनि बैठकमा छलफल हुने सम्भावना छ। अझ बढी समावेशी, प्रतिनिधिमूलक र प्रगतिशील विश्व व्यवस्था होस् भन्ने हाम्रो साझा आकांक्षालाई पूरा गर्न आवश्यक तरिकाउपर छलफल गर्न यो शिखर सम्मेलनले एउटा मञ्चको रूपमा काम गर्नेछ।

भ्वाइस अफ ग्लोबल साउथ समिटको दोस्रो संस्करण १० वटा सत्रमा विभाजन गरिनेछ। उद्घाटन र समापन सत्र राष्ट्र प्रमुख(सरकार तहमा हुनेछन् र प्रधानमन्त्री नरेन्द्र मोदीले यसको सञ्चालन गर्नेछन्।

उद्घाटन सत्रको विषयवस्तु ‘एकसाथ, सबैको विकासका लागि, सबैको विश्वाससँगै’ र समापन सत्रको विषयवस्तु ‘ग्लोबल साउथः एक भविष्यका लागि एकसाथ’ रहेको छ।

यी बाहेक सम्मेलनमा आठवटा मन्त्रीस्तरीय सत्रहरू रहनेछन्। पहिलो ‘भ्वाइस अफ ग्लोबल साउथ समिट’को बैठकमा तत्कालीन उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले सहभागिता जनाएका थिए। सो बैठकमा अन्य राष्ट्रका अर्थमन्त्री पनि उपस्थित थिए। यस वर्ष भारतमा सम्पन्न जी–२० सम्मेलनको फाइनान्स ट्र्याक बैठकमा पनि नेपालले सहभागिता जनाएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका