जोडिनुहोस
  • होमपेज
  • भूकम्प पीडितको अस्थायी आवासका लागि १ अर्ब ४१ करोड निकासा

भूकम्प पीडितको अस्थायी आवासका लागि १ अर्ब ४१ करोड निकासा

सरकारले भूकम्प प्रभावित पाँच जिल्लामा अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताको रकम निकासा गरेको छ ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पहिलो किस्ता बापतको एकमुष्ट १ अर्ब ४१ करोड रुपैयाँ निकासा भएकोे जानकारी दिएको हो । सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुको नाममा उक्त रकम निकासा भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार भुकम्पको केन्द्रबिन्दु जाजरकोटमा ५० करोड रुपैयाँ निकासा भएको छ भने भूकम्पबाट प्रभावित अर्को जिल्ला रुकुम पश्चिममा पनि ५० करोड पठाइएको छ ।

बझाङ मा २५ करोड, बाजुरामा १४ करोड र सल्यानमा २ करोड रुपैयाँ निकासा भएको प्राधिकरणले जनाएको छ । सो रकम कार्यविधि अनुसार स्थानीय तहसँगको समन्वयमा लाभग्राही पहिचान गरी पालिका मार्फत नै रकम पठाउन समेत प्राधिकरणले आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका