जोडिनुहोस
  • होमपेज
  • ३० लाखको अवैध सामानसहित तीनजना पक्राउ

३० लाखको अवैध सामानसहित तीनजना पक्राउ

बैतडी – बैतडी प्रहरीले अवैध ओसारपसार भइरहेका सामान बरामद गरेको छ। एक हप्ताको अवधिमा भारतबाट भन्सार छली ल्याइएको ३० लाखभन्दा बढीको सामानसहित ३ जना पक्राउ परेका छन्।

बुधबार जिल्लाको मेलौली नगरपालिका-३ लामालेक क्षेत्रबाट १९ लाख ८ हजार ४४० रुपैयाँ बराबरको सामान, ट्रक र एकजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा से १ ख २०१४ नम्बरका ट्रकचालक बैतडीको पाटन नगरपालिका-८ निवासी गणेश मडै रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए।

भन्सार छलेर तल्लो स्वराडबाट ट्रकमा सामान ओसारपसार भइरहेको सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको हो। बरामद गरिएको सामानमा बिडी, चिनी, खानेतेल, मिश्री, चप्पल, प्याज, मिठाई लगायत छन्।

बरामद सामान र ट्रकलाई आवश्यक कारबाहीका लागि कैलाली भन्सार कार्यालय, धनगढी पठाइएको छ। यसअघि मंगलबार पनि जिल्लाको दोगडाकेदार गाउँपालिका-७ खोचलेकबाट जीपमा लैजाँदै गरेको १० लाख ५७ हजार बराबरको सामानसहित दुईजनालाई पक्राउ गरिएको थियो।

बझाङको बुङगल नगरपालिका-११ पातलका से १ ज ७१८ नम्बरका जीपचालक ३४ वर्षीय वीरबहादुर बोहरा र सहचालक २४ वर्षीय पुष्करबहादुर बोहरा पक्राउ परेका हुन्।

सामानमा १६३२ बन्डल बिडी र १२६ जोर चप्पल छन्। सामान ओसारपसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले जीपसहित दुबैजनालाई समातेको हो।

प्रहरीले उक्त सामानको मूल्य २ लाख ५७ हजार ४०० र ओसारपसारमा प्रयोग भएको ८ लाख बराबरको जीप र दुबैजनालाई थप अनुसन्धानका लागि महाकाली भन्सार कार्यालय झुलाघाट बुझाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका