जोडिनुहोस
  • होमपेज
  • मौसमः कोशी, बागमती र गण्डकीका उच्च भूभागमा हिमपातको सम्भावना

मौसमः कोशी, बागमती र गण्डकीका उच्च भूभागमा हिमपातको सम्भावना

काठमाडौँ।जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागको मौसम सफा रहने छ ।

कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

यस्तै, आज राति लुम्बिनी प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही देशको बाँकी भूभागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

देशभरिको तापक्रम क्रमिक रुपमा घटिरहेको हुनाले त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध समेत गरेको छ ।

आज सूर्योदय बिहान ६ बजेर २९ मिनेटमा हुनेछ भने सूर्यास्त साँझ ५ बजेर १० मिनेटमा हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका