जोडिनुहोस
  • होमपेज
  • एमालेको पदयात्रा बैतडीको गोठलापानी पुग्यो

एमालेको पदयात्रा बैतडीको गोठलापानी पुग्यो

आजबाट सुरु भएको नेकपा एमालेको मध्यपहाडी लोकमार्ग पदयात्रा बैतडीको गोठलापानी पुगेको छ । अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटबाट राष्ट्रिय झण्डाको झण्डोत्तलन गरी आज बिहान मध्यपहाडी लोकमार्ग यात्राको उद्घाटन गरेका थिए, सो यात्राको पहिलो स्टेसनको रुपमा बैतडीको गोठलापानी पुगेको हो ।

हाल पुष्पलाल राजमार्गसमेत भनिने मध्यपहाडी राजमार्गको करिब १ हजार ८ सय ७९ किलोमिटरसम्म एमालेको पदयात्रा आजबाट सुरू भएको हो, जुन पुस ५ गते चिवाभञ्ज्याङमा पुगेर समापन हुदैँछ ।

‘समृद्धिको लागि संकल्प यात्रा’ नाम दिइएको उक्त पदयात्राको क्रममा मध्यपहाडी राजमार्गका मुख्य सहरहरुमा आमसभा गर्ने एमालेले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका