जोडिनुहोस
  • होमपेज
  • जलवायु परिवर्तनले नेपालको अर्थतन्त्र, वातावरण र मानवतामा ठूलो क्षति पुगेको छ  राष्ट्रपति पौडेल

जलवायु परिवर्तनले नेपालको अर्थतन्त्र, वातावरण र मानवतामा ठूलो क्षति पुगेको छ  राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको प्रभाव न्यून गरी मानिसको जीवन सहज बनाउनु प्रमुख चुनौती भएको बताएका छन् । मंगलबार ललितपुरमा इसिमोड नामक संस्थाले गरेको कार्यक्रममा राष्ट्रपति पौडेलले नेपालमा हिउँ पग्लिने, हिमाल फुट्ने, पहाडमा पहिरो जाने र दक्षिण तटमा बाढीले तहसनहस बनाएको बताए ।

‘आज हाम्रा सामु हिमालमा हिउँ पग्लिएको, हिमाल फुट्ने, पहाडमा पहिरो जाने र दक्षिण तटमा बाढीले गर्दा जलवायु परिवर्तनजन्य घटनाका कारण अर्थतन्त्र, वातावरणीय प्रणाली र मानवतालाई ठूलो हानी नोक्शानी भोगिरहेको छ’, राष्ट्रपति पौडेलले भने, ‘नेपाल जस्ता मुलुकले हरित गृह ग्यास उत्सर्जन र जलवायु परिवर्तनमा शून्य सरह योगदान गरेपनि यहाँ जलवायु परिवर्तनको प्रभाव अत्याधिक छ ।’

उनले जलवायु परिवर्तनजन्य घटनाका कारण देशको अर्थतन्त्र, वातावरणीय प्रणाली र मानवतालाई ठूलो हानी पुगेको पनि बताए । ‘जलवायु परिवर्तनको प्रभावलाई न्युनिकरण गर्न तयार पारिएका वित्तीय र प्राविधिक सहयोगको मुख्य हकदार नेपाल लगायत जलवायु परिवर्तनको प्रभावको मारमा परेका मुलुकहरु हुन् । यस क्षेत्रको जलवायु परिवर्तन वातावरणीय र जैविक विविधताको ह्रासबाट हुने प्रभावहरु राष्ट्रिय सीमानाभित्र नभइ सीमापारी र विश्वस्तरमा समेत पर्न जान्छ’, उनले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका