जोडिनुहोस
  • होमपेज
  • विराटनगरको कवाडी गोदाममा आगलागी, दुई जनाको ज्यान गयो

विराटनगरको कवाडी गोदाममा आगलागी, दुई जनाको ज्यान गयो

विराटनगर महानगरपालिका वडा नम्बर ७ मा रहेको एक कवाडी गोदाममा भएको आगलागीमा दुई जनाको ज्यान गएको छ । आगो नियन्त्रणको क्रममा पुरिएको अवस्थामा एक जनाको शव फेला परेको र एक जनाको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डीएसपी० रन्जनकुमार दाहालले जानकारी दिनुभयो ।

आगो निभाउने क्रममा भेटिएको शव नचिनिने अवस्थामा रहेको छ । उपचारका क्रममा ज्यान गुमाउनेमा विराटनगर–६ का ३० वर्षीय दिपक मण्डल रहेका प्रहरीले जनाएको छ । आगलागीमा घाइते भएका तीन जनाको न्यूरो अस्पतालमा र एक जनाको कोशी अस्पतालमा उपचार भइरहेको छ । अहिले आगो निभाइएको र आगलागीको कारण थाहा नभएको डीएसपी दाहालले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका