जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्री कप महिला टी २० मा मधेश प्रदेशको पहिलो जित

प्रधानमन्त्री कप महिला टी २० मा मधेश प्रदेशको पहिलो जित

जारी प्रधानमन्त्री कप महिला टी २० प्रतियोगितामा मधेश प्रदेशले गण्डकी प्रदेशलाई पराजित गरेको छ । सोमबार सम्पन्न खेलमा मधेश प्रदेशले गण्डकी प्रदेशलाई २७ रनले पराजित गरेको हो । मधेश प्रदेशले दिएको ११३ रनको लक्ष्य पछाएको गण्डकी प्रदेशले १९।४ ओभरमा अल आउट हुँदै ८५ रन बनाएपछि मधेश प्रदेश २७ रनले विजयी भएको हो । यस अघि मधेश प्रदेशले पहिला ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर ११२ रन बनाएको थियो । यो जारी प्रतियोगितामा मधेश प्रदेशको पहिलो जित हो । मधेश प्रदेशको ४ खेलमा २ अंक हासिल गर्दै सातौँ स्थानमा रहेको छ । त्यस्तै गण्डकी प्रदेशको भने ४ खेलमा २ अंक रहेको छ र अंकतालिकामा पाँचौं स्थानमा रहेको छ । अब मधेश प्रदेशले बुधबार सुदूरपश्चिम प्रदेशसँग खेल्ने छ भने गण्डकी प्रदेशले बुधबार नै कोशी प्रदेशको सामना गर्ने छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका