जोडिनुहोस
  • होमपेज
  • शेखरलाई संसदीय दलको नेता बनाउन लागौं गगन थापा

शेखरलाई संसदीय दलको नेता बनाउन लागौं गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमा संसदीय दलको नेता परिवर्तन गर्न प्रयास गर्नुपर्ने बताएका छन् । बुधबार शेखर–गगन पक्षको भेलामा उनले समूह एकढिक्का भई शेखर कोइरालालाई संसदीय दलको नेता बनाउन प्रयास गर्नुपर्ने बताएका भेलामा सहभागी एक नेताले बताए ।

‘हामी एकतावद्ध भएर संसदीय दलको नेता फेर्न लागौं, देउवा नै प्रधानमन्त्री हुने अवस्था भयो भने २०८२ मा महाधिवेशन हुन सक्दैन’, ती नेताले भने ।

थापाले १४ औं महाधिवेशनबाट बनेको शेखर–गगन समूह एकतावद्ध हुन नसकेकामा असन्तुष्टि जनाए । आफूले समूहभित्रै र पार्टी सभापतिसँग पनि भिड्नुपरेको भन्दै थापाले भने, ‘समूह एकतावद्ध हुने हो भने देउवासँग भिडौं, हाम्रो समूहमा नभिडौं’, थापाको भनाइ उधृत गर्दै ती नेताले भने ।

हाल कांग्रेस सभापति शेरबहादुर देउवा संसदीय दलको नेता छन् । कांग्रेसका पार्टीबाट सरकारको नेतृत्व गर्दा संसदीय दलको नेताले गर्ने व्यवस्था छ । हालको सत्ता गठबन्धनका दलहरुबीच सत्ता साझेदारी गर्ने सहमति अनुसार पुष्पकमल दाहाल प्रचण्डपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने नेताहरुले बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका