जोडिनुहोस
  • होमपेज
  • सङ्घीयता लागू भएपछिको विकास सन्तोषजनक छ प्रधानमन्त्री प्रचण्ड

सङ्घीयता लागू भएपछिको विकास सन्तोषजनक छ प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सङ्घीयता लागू भएपछिको विकास सन्तोषजनक रहेको बताउनुभएको छ । सोमवार ललितपुर महानगरपालिकाको १०५औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो ।

उहाँले ७ सय ५३ वटै पालिकाको अवस्था हेर्दा विकास निर्माण लगायतमा भएको काम सन्तोषजनक पाएको बताउनु भएको छ । उहाँले नकारात्मक कुरालाई भन्दा सकारात्मक कुरामा ध्यान दिन जोड दिनुभयो।

यस्तै, प्रधानमन्त्री प्रचण्डले काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई बाग्मती नदी हस्तक्षेप, तीनकुने हस्तक्षेप वा काठमाण्डौ उपत्यकाको फोहर व्यवस्थापनमा आफूले जति पहल गर्ने अर्को प्रतिनिधि देख्नुभएको छ भन्दै प्रश्न गर्नुभएको छ । उहाँले आफू काठमाण्डौको फोहर व्यवस्थापनलगायतका कुरामा सकारात्मक रहेको दाबी समेत गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले फोहर व्यवस्थापनका लागि गरेको पहललाई स्वीकार्न किन नसकेको भन्दै मेयर शाहलाई प्रश्न गर्नुभएको थियो ।

प्रधानमन्त्री प्रचण्डले पूर्वाधार निर्माण मात्रै विकास नभएकाले नागरिकको जीवनमा सुखको प्रत्याभूति गराउन आवश्यक रहेको बताउनु भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका