जोडिनुहोस
  • होमपेज
  • ‘केपी बा’ युट्युब च्यानल सब्सक्राइब गर्न ओलीको आग्रह

‘केपी बा’ युट्युब च्यानल सब्सक्राइब गर्न ओलीको आग्रह

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो युट्युब च्यानल ‘केपी बा’ सब्सक्राइब गर्न आग्रह गरेका छन् । आइतबार बिहान फेसबुकमार्फत् उनले आफू ५ हजार फिटमाथिबाट उडिरहेको हेलिकप्टरबाट झरेको घटनालाई स्मरण गर्दै यस्तै आफ्नो जीवनका थुप्रै कुराहरू यही च्यानलमा राख्ने बताएका छन् ।

उनले भनेका छन्, ‘पाँच हजार फिटमाथि उडेको हेलिकप्टरबाट झर्दा मलाई म बाँच्छुजस्तो नै लागेको थिएन । झरिसकेपछि आफूलाई जिउँदो पाउँदा हतारहतार आफ्ना हातखुट्टा छामी हेरेँ । आश्चर्य लाग्यो । म घाइते थिएँ तर जिउँदो थिएँ । मृत्युलाई हराउन सफल भएकोमा मन आनन्दित भयो । सफलताको अनुभूति गरेँ । बाँच्नु आफैँमा एउटा सफलता हो ।’

उनले मृत्युका मुखमा पुगेर बाँच्नु आफ्ना लागि अझ ठूलो सफलताको विषय बन्नेको घटनालाई स्मरण गरेका छन् ।

उनले भनेका छन्, ‘यो मेरो २०५२ सालमा हेलिकप्टर दुर्घटनामा पर्दाको अनुभव हो । मैले मेरो जीवनका थुप्रै यस्ता अनुभवहरू मेरो युट्युब च्यानलमा सेयर गर्दै आइरहेको छु । आगामी दिनमा पनि म आफ्ना यस्तै अनुभवहरू बाँड्दै जानेछु । च्यानल सब्सक्राइब गर्नुहोस् न है ।’

ओलीको युट्युव च्यानलमा अहिले ५ हजार २ सय सब्सक्राइबर छन् । हालसम्म ३० वटा भिडिओ राखिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका