जोडिनुहोस
  • होमपेज
  • क्रिश्चियन धर्मावलम्बीहरूले मनाए क्रिसमस डे

क्रिश्चियन धर्मावलम्बीहरूले मनाए क्रिसमस डे

नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले सोमबार क्रिसमस डे पर्व मनाएका छन् । अङ्ग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष डिसेम्बर २५ मा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मावलम्बीले आज क्रिसमस मनाएका हुन । दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ ।

उनले मानव समुदायका लागि पुर्‍याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ । ख्रीष्टमस पनि भनिने यस दिनका अवसरमा देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिएको छ । क्रिसमस डेमा येशुको शिक्षा एवं उपदेशको मनन गर्नाका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गरिन्छ । क्रिसमसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतले शुभकामना सन्देश दिएका छन् । क्रिसमस डे का अवसरमा सरकारले सोमबार सार्वजनिक बिदा समेत दिएको छ । क्रिसमसका अवसरमा काठमाडौं, ललितपुर, भक्तपुर र पोखरालगायत स्थानमा विशेष रौनक छ । बजार र ठूला व्यापारिक स्थलमा क्रिसमस ट्री लगायतले सजाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका