जोडिनुहोस
  • होमपेज
  • उदयपुरमा १२ वर्षीया बालिका बलात्कृत

उदयपुरमा १२ वर्षीया बालिका बलात्कृत

उदयपुर । उदयपुरमा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । उदयपुरगढी गाउँपलिका-८ केवरपानी बस्ने ४७ वर्षीय टेकमान मोक्तान (तामाङ)लाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

टेकमानले ती बालिकालाई बुधबार दिउँसो सोही ठाउँ गडेरेस्थित झाडीमा लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट नेपालटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका