जोडिनुहोस
  • होमपेज
  • बालकुमारीमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा एक जनाको मृत्यु

बालकुमारीमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा एक जनाको मृत्यु

ललितपुरको बालकुमारीमा रोजगार अनुमति प्रणाली ईपीएस परीक्षाको विषयलाई लिएर भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा एक जनाको मृत्यु भएको छ । गम्भीर घाइते भएका प्रदर्शनकारीको उपचारका क्रममा किस्ट अस्पतालमा मृत्यु भएको हो । मृतक दैलेखका २३ वर्षीय सुदन राउत रहेको प्रहरीले जनाएको छ । प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला चढेको गाडीमा आगजनी गरेका थिए । हाल बालकुमारीको अवस्था तनावग्रस्त छ । त्यहाँ व्यापक सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका