जोडिनुहोस
  • होमपेज
  • नेपाल आइपुगे भारतीय विदेशमन्त्री जयशंकर

नेपाल आइपुगे भारतीय विदेशमन्त्री जयशंकर

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकर दुई दिने भ्रमणका क्रममा बिहीबार बिहान नेपाल आइपुगेका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउदले स्वागत गरेका छन्। यसअघि मन्त्रालयले सचिव सेवा लम्सालले स्वागत गर्ने भ्रमण तालिका सार्वजनिक गरेको थियो ।

उनी विमानस्थबाट बास बस्नका लागि व्यवस्था गरिएको नक्सालस्थित होटेल मेरिटमा गएर केहीबेर आराम गर्ने कार्यक्रम रहेको छ। त्यसपछि जंयशंकरले उच्चस्तरीय राजनीतिक भेटघाट थाल्नेछन्।

परराष्ट्रमन्त्री एनपी साउद र जयशंकरबीच आजै भेटवार्ता हुनेछ । जयशंकरले सुरुमा राष्ट्रपति रामचन्द्र पौडेल, त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्ने छन् ।

विदेशमन्त्री जयशंकरले अपरान्ह कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीसँग छुट्टाछुट्टै भेट्ने कार्यक्रम छ। साँझ सवा ६ बजे परराष्ट्रमन्त्रीले होटल सोल्टीमा आयोजना गरेको रात्रीभोजमा जयशंकर सहभागी हुनेछन्। भोलि बिहान ८ बजे उनी पशुपतिनाथ पुग्ने र ९ बजे त्रिवि पुस्ताकालय तथा भुकम्पपछिको पुनर्निर्माण परियोजनाको उद्घाटन गर्ने कार्यक्रम छ।

दुई दिने भ्रमण सकेर उनी भोलि नै नयाँदिल्ली फर्कने परराष्ट्र मन्त्रालययले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका