जोडिनुहोस
  • होमपेज
  • सबै नागरिकलाई स्वास्थ्य बीमा, १० प्रतिशत बजेट

सबै नागरिकलाई स्वास्थ्य बीमा, १० प्रतिशत बजेट

सबै नागरिकमा स्वास्थ्य बीमा पुर्‍याउने लक्ष्यसहित सरकारले १६ औं आवधिक योजनाको मस्यौदा तयार पारेको छ । राष्ट्रिय योजना आयोगले तयारी पारेको १६ औं योजनाको मस्यौदामा मानव पूँजी निर्माणतर्फ स्वास्थ्य क्षेत्रमा आर्थिक वर्ष आव २०८५ र ८६ सम्म कुल बजेटको १० प्रतिशत हिस्सा पुर्‍याउने लक्ष्य लिइएको छ । १६ औं आवधिक योजनाको आधार वर्ष मानिएको आव २०७९ र ८० मा कुल वार्षिक बजेटमा स्वास्थ्य क्षेत्रको बजेटको हिस्सा ५ दशमलव ७५ प्रतिशत मात्र रहेको छ ।

स्वास्थ्य सेवालाई सर्वव्यापाी, पहुँचयुक्त र समतामुलक बनाउने लक्ष्य राखेको १६ औं योजनामा विद्यमान स्वास्थ्य बीमा कार्यक्रमको समग्र पुनरावलोकन गरी समयानुकूल संशोधन एवम् परिमार्जन गरी सबै नागरिकलाई स्वास्थ्य बीमामा आवद्ध गराउने लक्ष्य सरकारले लिने भएको छ । विशेषज्ञ र विशिष्टिकृत स्वास्थ्य सेवालाई समेत स्वास्थ्य बीमामा समेट्ने लक्ष्य योजनामा समेटिएको छ ।

स्वास्थ्य क्षेत्रमा निजी र सहकारी क्षेत्रको सहभागितामा वित्तीय दायरा बढाउने लक्ष्य १६औं योजनाको छ । लगानीलाई जवाफदेही र पादर्शी बनाउँदै कुशल व्यवस्थापनमार्फत स्वास्थ्य वित्त सुदृढ बनाउने समेत योजनाको मस्यौदामा उल्लेख छ । अहिले प्रति एक हजार जनसंख्यामा १ दशमलव १४ स्वास्थ्यकर्मी रहेकोमा आगामी ५ वर्षभित्र प्रतिहजार जनसंख्यामा ४ दशमलव ६४ स्वास्थ्यकर्मी पुर्‍याउने लक्ष्य राखिएको छ ।

कुल आपूर्तिमा ९८ प्रकारका औषधिको स्वदेशी उत्पादनको प्रतिशत ८० प्रतिशतसम्म पुर्‍याउने समेत १६औं योजनाको मस्यौदामा उल्लेख छ । योजना आयोगले तयार गरिरहेको १६औं योजनालाई माघ महिनाभर पूर्णरुप दिने योजना आयोगको छ । आगामी आर्थिक वर्ष २०८१ र ८२ बाट १६ औंं आवधिक योजना कार्यान्वयनमा आउने छ ।

गम्भीर प्रकृतिका रोगको स्वदेशमै उपचार

५ वर्षे आवधिक योजना भित्र गम्भीर प्रकृतिका रोगको विश्वसनीय विशिष्ट स्वास्थ्य उपचार स्वदेशमा नै हुन सक्ने गरी स्वास्थ्य प्रणालीको सुदृढीकरण गर्ने लक्ष्य राखिएको छ ।

जिल्ला स्तरका अस्पतालको स्तरोन्नति गरी न्यूनतम विशेषज्ञ सेवा उपलब्ध गराउने र सबै प्रदेशमा प्रेषण अस्पताल निर्माणको लक्ष्य समेत १६औं योजनाले तय गर्ने भएको छ ।

केके छन् स्वास्थ्य क्षेत्रमा १६ औं आवधिक योजनाका लक्ष्य रु

मातृ मृत्युदर प्रतिलाख जिवित जन्ममा अबको ५ वर्ष भित्र ८५ पुर्‍याउने १६ औं योजनाको लक्ष्य छ । आधार वर्ष २०७९र८० मा मातृ मृत्युदर १५१ रहेको छ । सडक दुर्घटनामा ज्यान गुमाउने व्यक्तिको संख्या प्रतिएक लाखलाई ६।२ मा झार्ने लक्ष्य रहेको छ । अहिले यो आंकडा ९ दशमलव ५ रहेको छ ।

आगामी ५ वर्षमा पूर्ण खोप लगाउने बालबालिकाको संख्या ९५ प्रतिशत पुर्‍याउने लक्ष्य रहेको छ । अहिले ८० प्रतिशत रहेको छ । अहिले स्वास्थ्य बीमा कार्यक्रममा नविकरण दर ३९ प्रतिशत रहेकोमा ५ वर्ष भित्र यो ९० प्रतिशत लैजाने लक्ष्य रहेको छ । ३० मिनेटको दूरीमा स्वास्थ्य संस्था भएका घरधुरी ७७ रहेकोमा यसलाई बढाएर ८६ पुर्‍याउने १६ औं योजनाको लक्ष्य छ ।

पाँच वर्ष मुनिका बच्चा मध्ये जन्म दर्ता गरिएका बालबालिका शतप्रतिशत पुर्‍याउने सरकारको लक्ष्य छ । अहिले यो ६३ प्रतिशत मात्र रहेको छ ।

१५ औं योजनाका लक्ष्य भने अधुरै

स्वास्थ्य क्षेत्रमा १५ औं आवधिक योजनामा लिइएका धेरै लक्ष्य भने अधुरै रहेका छन् । आयोगले यसमा मूख्य कारण कोभिड १९ लाई मानेको छ । १५ औं योजनाको कार्यान्वयनको अवधिमा कोभिड १९ महामारी, रसिया–युक्रेन युद्ध, डंगुको प्रकोपजस्ता कारणले स्वास्थ्य क्षेत्रका निर्धारित लक्ष्य आंशिक मात्र प्राप्ति भएको आयोगको मस्यौदामा उल्लेख छ ।

बढ्दो जनसंख्यामा रहेका जेष्ठ नागरिकको समग्र आवश्यकता अनुसार स्वास्थ्य सेवा पुर्‍याउन नसकिएको, मातृ मृत्युदर, नवजात शिशु मृत्युदर, ५ वर्षमुनिका बालबालिकामा पुड्कोपनको अवस्था, पूर्ण खोप पाउने बालबालिकाको प्रतिशत र स्वास्थ्य बीमामा आवद्ध जनसंख्याको हिस्सा लक्ष्य अनुसार पुरा हुन सकेको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका