जोडिनुहोस
  • होमपेज
  • कृषि उत्पादन निर्यातबाट कम्बोडियाले कमायो ४.३ बिलियन अमेरिकी डलर

कृषि उत्पादन निर्यातबाट कम्बोडियाले कमायो ४.३ बिलियन अमेरिकी डलर

काठमाडौं । कम्बोडियाले २०२३ मा कृषि उत्पादनको निर्यातबाट ४।३ बिलियन अमेरिकी डलरको कुल राजस्व कमाएको कृषि, वन तथा मत्स्यपालन मन्त्रालय ९एमएएफएफ० ले जनाएको छ ।

दक्षिणपूर्वी एशियाली देशले गत वर्ष जनवरीदेखि डिसेम्बरको अवधिमा करिव ७५ देश र क्षेत्रहरूमा झण्डै ८४ लाख ५० हजार टन कृषि उत्पादन पठाएको प्रतिवेदनले जनाएको छ ।

निकासीका प्रमुख कृषि वस्तुहरूमा चामल, रबर, आँप, केरा, मरिच, काजू, मकै, पाम तेल लगायत पर्छन् । चीन, भियतनाम र थाइल्याण्ड कम्बोडियाका कृषि वस्तुका प्रमुख आयातकर्ता हुन् ।

इ–कमर्स प्लेटफर्म एग्रीबी (कम्बोडिया) का अध्यक्ष माक चामरोउनले चीन कम्बोडियन कृषि उत्पादनको प्रमुख क्रेता भएको बताउनु भयो ।

कपडा निर्यात, पर्यटन, निर्माण र घरजग्गाको अतिरिक्त कम्बोडियाको आर्थिक वृद्धिलाई समर्थन गर्ने चार स्तम्भहरू मध्ये कृषि एक हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका