जोडिनुहोस
  • होमपेज
  • त्रिदेशीय टी–२०ः हङकङलाई हराउँदै नेपाल फाइनलमा

त्रिदेशीय टी–२०ः हङकङलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौं। त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपाल फाइनलमा प्रवेश गरेको छ ।

शनिबारको शृङ्खलाको तेस्रो खेलमा हङकङलाई हराउँदै नेपाल प्रतियोगिताको फाइनल प्रवेश गरेको हो । नेपालले हङकङलाई ७९ रनले हरायो ।

काठमाडौंको मुलपानी क्रिकेट मैदानमा सुरुआती ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर २ सय १३ रन बनाएको थियो ।

नेपालका लागि कुशल मल्लले ९२ रनको योगदान गरे । उनले ४१ बलमा ३ चौका र ९ छक्काको मदतले ९२ रन बनाए । दिपेन्द्र सिंह ऐरीले ५७ रनको अर्धशतकीय इनिङ्स खेले ।

ओपनर कुशल भुर्तेललाई २ र आसिफ शेखलाई २० रनमा गुमाएको नेपालका लागि सोमपाल कामीले ८ र रोहित पौडेलले ११ रन बनाएका थिए ।

सन्दीप जोरा र गुल्सन झा समान १ रनमा नटआउट रहे ।

हङकङका हारुन अर्शद र मोहम्मद गजनफरले समान दुई विकेट लिए । आयुश शुक्ला र अजाज खानले समान एक विकेट झारेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका