जोडिनुहोस
  • होमपेज
  • आज २०८० साल माघ ८ गते सोमबारको राशिफल

आज २०८० साल माघ ८ गते सोमबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेषः दिन राम्रो छ । हरेक क्षेत्र सबल छन् । सांगीतिक क्षेत्रको यात्रा सफल बन्नेछ । आफन्तसँग जोगिएर काम गर्नु राम्रो हुन्छ । अन्य सबै क्षेत्र सबल छन् ।

वृषः दिन रमाइलो हुनेछ । परिवारबाट साथ र सहयोग रहने छ । बजारको तयारी खानाबाट टाढा रहनुपर्छ । बजारको खानपानले स्वास्थ्यमा गम्भीर असर पर्ने देखिन्छ ।

मिथुनः दिन सामान्य राम्रो छ । शिक्षा र आर्थिक क्षेत्र सबल छन् । सामाजिक क्षेत्रमा प्रतिस्पर्धा गर्ने धेरै हुँदा सचेत हुनु राम्रो हुन्छ । परिवारको विश्वास जित्न नसक्दा अप्ठेरो पर्नसक्छ ।

कर्कटः दिन राम्रो छ । मान सम्मान प्राप्त हुने योग रहेको छ । पुरानो रोगले छोड्ने छ । परिवारको साथ मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

सिंहः दिन राम्रो छ । आर्थिक र सामाजिक क्षेत्र सबल छन् । व्यापारमा फाइदा हुनेछ । स्वास्थ्य र शिक्षामा खर्च बढ्नेछ । परिवारको विश्वास गर्दा घाटा हुने योग रहेको छ । प्रेममा धोखा हुनेछ ।

कन्याः दिन राम्रो छ । हरेक क्षेत्रमा सफलता प्राप्त हुनेछ । विदेश जाने तयारीमा हुनुुहुन्छ भने सचेत हुनुपर्छ । यो क्षेत्रमा ठगको फन्दामा पर्ने खतरा छ । परिवारको साथ र सहयोगका कारण दिन रमाइलो हुनेछ ।

तुलाः समय राम्रो छ । शिक्षा र रोजगारीमा फाइदा हुनेछ । राज्यको सेवा सहजै प्राप्त हुनेछ । हिम्मत गरेमा आँटेको काम बन्नेछ । परिवारको साथ प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

वृश्चिकः दिन सामान्य छ । झुटा आरोप लगाएर हाँस्नेहरु धेरै देखिन्छन् । बिहान सूर्यको दर्शन गरेर कामको सुरुवात गरेमा दिन सफल हुनेछ । समस्या साथीसँग भन्नुभयो भने दिन सहज बन्नेछ । परिवारको साथ प्राप्त हुनेछ ।

धनुः दिन राम्रो छ । बजार, तीर्थ वा यात्रामा निस्कने योग छ । साथीको साथ मिल्नेछ । प्रेम सम्बन्धमा ख्याल गर्नु राम्रो हुन्छ । सोचेर मात्र बोल्नु राम्रो हुन्छ ।

मकरः अचानक धन खर्च हुने योग रहेको छ । शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्र सबल रहेको छ । वैदेशिक लगानीबाट फाइदा हुनेछ । परिवारको साथ प्राप्त हुनेछ ।

कुम्भः समय सामान्य छ । ग्रहले साथ दिएको देखिँदैन । शनिदेवको छाया रहेकाले पाथिभराको भजन वा दर्शन गरेमा दोष मुक्त हुनेछ । आफ्नै परिवारबाट आरोप लाग्ने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्छ ।

मीनः समय राम्रो छ । धर्ममा धन खर्च गर्ने योग रहेको छ । बोलीको प्रभावले चर्चा पाउने देखिन्छ । परिवारको साथ मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका