जोडिनुहोस
  • होमपेज
  • चिनिया बिआरआई ऋणजाल भएको भन्दै वीरगन्जमा प्रदर्शन

चिनिया बिआरआई ऋणजाल भएको भन्दै वीरगन्जमा प्रदर्शन

वीरगन्ज – चिनको बिरोधमा वीरगन्जमा प्रदर्शन गरिएको छ । चिनिया महत्वकांक्षी रुपमा रहेको आर्थिक सहयोग बिआरआई परियोजना मुलुकको लागी ऋणजाल भएको भन्दै वीरगन्जमा प्रदर्शन गरिएको हो । राष्ट्रीय एकता अभियान, बिरगंजले चिनियाँ ऋणजाल बिरुद्ध सचेतना रैली निकाल्दै प्रदर्शन गरेको छ ।

अभियानका राष्ट्रिय विद्यार्थी परिषदका संयोजक विवेक कुशवाहाको नेतृत्वमा गरिएको बिरोध प्रदर्शनमा पोखरा बिमानस्थललाई ऋणजालबाट मुक्त गर,राष्ट्रिय स्वाधीनताको रक्षा गर,नेपाल–चिन बिच भएको बिआरआई सम्झौता खारेज गर,चिनियाँ हस्तक्षेप बन्द गर लगाएका चिन बिरोधी नारा लगाइएको थियो । पोखरा अन्तराष्ट्रीय विमानस्थलको चिनियाऋण अनुदानमा परिणत गरियोस भन्दै मुख्यमांग सहित निकालिएको रैली बिरगंजको माइस्थान मन्दिर अगाडिबाट सुरु भइ नगरपरिक्रमा गरी घंटाघरमा पुगेपछि कोण सभामा परिणत भएको थियो ।

कोणसभामा बोल्दै प्रमुख अतिथि अभियानका केन्द्रीय संयोजक विनय यादवले अप्रत्यासित रुपमा बढेको चिनिया सक्रियताले मुलुकको राष्ट्रिय स्वाधिन्ता खतरामा परेको आरोप लगाएका थिए । संयोजक यादवले आर्थिक सहयोगको बहानामा देखिएको चिनको सक्रियता र सहयोग दुबै नेपाल र नेपाली जनताको भविष्य खतरामा डुब्दै गएको बताउदै राष्ट्रिय स्वतन्त्रताको रक्षा गर्न ठुलो आवश्यकता रहेको बताउनु भयो ।

उहाले आउने समयमा पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलको लागि चिनले दिएको सहयोग नेपालको लागी ठुलो ऋणजाल सबित हुने ठोकुवा गर्नुभयो ।संयोजक यादवले पोखरा बिमानस्थलमा देखिएको आर्थिक खाटापुर्तिको बहानामा चिनिया सेना पोखरामा ल्याउने ठुलो खेलभइरहेको आरोप समेत लगाएका थिए ।नेपालको सार्वभौमसता माथि बढदै गएको खतराबाट समयमै सचेत हुन सबै नेतालाई आफुहरुले पटक पटक अनुरोध र आहवान गर्दै आएपछि घैटोमा घाम नलाग्नु दुखको कुराभएको सहयोजक यादवको भनाइ थियो ।

यादवको भनाईमा समर्थन गर्दै अन्य बक्ताहरूले राष्ट्रिय एकता, विकास र समृद्धिका लागि नेपालले चीनसंग गरेको बिआरआई सम्झौता अबिलम्ब खारेजीको मांग गरेका थिए । कार्यक्रमका अरु बक्ताहरुले राष्ट्रिय स्वाधीनताको महत्व,मुलुकमा देखिएको आर्थिक तरलता र बीआरआई आर्थिक सहयोग भन्दा पनि मुलुकको लागी ठुलो ऋणजाल भएको कुरामा जोड दिएका थिए ।

वक्ताहरुले पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलको व्ययभारबाट भबिष्यमा हुने ठुलो आर्थिक नोक्सानीबाट जोगीन अहिलेको मुख्य आवश्यकता रहेको बताएका थिए । कार्यक्रमका अध्यक्ष बिद्यार्थी नेता कुशवाहाले सहभागी सबैलाई धन्यवाद व्यक्तगर्दै तराईमा बढदै गएको चिनीया सक्रियताबाट सचेत हुन मधेस प्रदेश सरकारका मन्त्रि लगायत सबै नेताहरुलाई आहवान गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका