जोडिनुहोस
  • होमपेज
  • अयोध्याको राम मन्दिरमा एकै दिन ३ करोड भारुभन्दा धेरै दान

अयोध्याको राम मन्दिरमा एकै दिन ३ करोड भारुभन्दा धेरै दान

भारतको अयोध्यामा श्रीराम मन्दिर सर्वसाधारणका लागि खुलेको पहिलो दिन नै तीन करोड भारुभन्दा धेरै दान सङ्कलन भएको छ । मन्दिर उद्घाटन भएको अर्कोे दिन ठूलो सङ्ख्यामा भक्तजन दर्शनका लागि पुगेका छन् । गएको मङ्गलवार ठूलो तामझामका साथ अयोध्यामा राम मन्दिरको उद्घाटन र प्राणप्रतिष्ठा सम्पन्न भएको थियो । बुधवारदेखि मन्दिर सर्वसाधारणका लागि खुला गरेसँगै भीड बढेको छ । पहिलो दिन पाँच लाख जना भक्तजन पुगेका थिए । उनीहरूले अनलाइनमार्फत तीन करोड १७ लाख भारु दान गरेका बीबीसी हिन्दीले जनाएको छ । राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका ट्रस्टी अनिल मिश्रले समारोहपछि खोलिएका १० वटा काउन्टरबाट एकै दिनमा अनलाइनमार्फत तीन करोडभन्दा धेरै चन्दा प्राप्त भएको बताउनुभएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका