जोडिनुहोस
  • होमपेज
  • सर्लाही प्रहरीद्वारा ३ सवारीसाधन सहित भन्सार छलीको सामान बरामद

सर्लाही प्रहरीद्वारा ३ सवारीसाधन सहित भन्सार छलीको सामान बरामद

सर्लाही— सर्लाहीको हरिवन नगरपालिका ११ स्थित रहेको  एक किराना एवम खाद्य  पसलले भन्सार छलि चोरी पैठारी गरि ल्याउँदै गरेको अवस्थामा तीन वटा सवारीसाधन सहित ठुलो परिमाणमा भन्सार छलीका विभिन्न किसिमका सामानहरु बरामद् गरेको छ ।

हरिवन नगरपालिका ११ स्थित रहेको सन्तोष डिलरले परिचित सन्तोष दासको रोहित एन्ड रितिक ट्रेडर्स प्रालि नामले भन्सार छली नेपाल तर्फ विभिन्न किसिमका सामानहरु लिएर नेपाल तर्फ आउदै गरेको अवस्थामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमेख प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

उनका अनुसार ना ५ ख १०८,ना ५ ख ७१८३ र प्रदेश २—०३—००१ ख ७३६६ नम्बरका तीन वटा सवारीसाधनमा रातो मोटर,हरियो मोटर,चिनी,दाल,जुटको बोरामा चालम,सुजि पिठो,खानेतेल,चिउरा,चना दाल,पापड र काजु गरि ठुलो परिमाणमा बरामद् भएको हो ।

ना ५ ख १०८,ना ५ ख ७१८३ र प्रदेश २—०३—००१ ख ७३६६ नम्बरका तीन वटा सवारीसाधनमा गरि  रातो मोटर २० बोरा ,हरियो मोटर ६६ बोरा,चिनी २६ बोरा,दाल ४ बोरा,जुटको बोरामा चालम ४ ,सुजि पिठो ६ बोरा,खानेतेल ४० कार्टुन,चिउरा ३ बोरा,चना दाल २ बोरा,पापड १५ बोरा र काजु ४५ बोरा भन्सार छलिको सामान बरामद् गरिएको  जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपेन्द्र पंजियार थारुले जानकारी दिए ।

उनका अनुसार बरामद् गरिएको सवारीसाधनहरु सहित सामानलाई राजश्व अनुसन्धान कार्यालय पथलैया पठाईएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका