जोडिनुहोस
  • होमपेज
  • ६३ अंकले बढेर नेप्से सूचक २२ सय २७ अंकको विन्दुमा

६३ अंकले बढेर नेप्से सूचक २२ सय २७ अंकको विन्दुमा

काठमाडौँ । मौद्रिक नीतिको प्रभाव आइतबारको सेयर बजारमा परेको छ । केन्द्रीय बैंकले बैंक व्याजदरसहित धरजग्गा, गाडीसँगै धितोपत्र कर्जा (मार्जिन लेन्डिङ) को जोखिमभारलाई केही परिमार्जन गर्ने बताएसँगै सेयर बजारले आक्रामक रुप धारण गरेको हो ।

आज सेयर बजार परिसूचक नेप्से ६३.२४ अंकले बढ्दै २२ सय २७.१६ अंकको विन्दुमा उक्लिएको छ । यस्तै कारोबार समेत बढेर आज एकैदिन ४ अर्ब ३७ करोड ५१ लाख ९६ हजार रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता सेयर किनबेच भएको छ ।

आज १३ वटै उपसूचक धनात्मक हुँदै बजार नै हरियाली बनेको छ । सबैभन्दा बढी बैंकिङ समूहको उपसूचक ४.९८ प्रतिशतले बढेको छ भने डेभलपमेन्ट बैंकिङ समूह ४.७८ प्रतिशतले बढेको छ भने ट्रेडिङ समूहको उपसूचक ४.१० प्रतिशतले बढेको छ । अन्य उपसूचकहरु १ प्रतिशतदेखि ३ प्रतिशतसम्मले बढेका छन् ।

आज किसान लघुवित्त वित्तीय संस्था र चन्द्रागिरि हिल्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने अन्य दर्जन बढी कम्पनीको सेयर मूल्य ७ प्रतिशत माथिले बढेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका