जोडिनुहोस
  • होमपेज
  • कोशीमा माओवादीलाई धोका, महिलातर्फ एमालेलाई प्रदेशसभाको तीन भोट बढी

कोशीमा माओवादीलाई धोका, महिलातर्फ एमालेलाई प्रदेशसभाको तीन भोट बढी

राष्ट्रियसभामा कोशी प्रदेशको प्रदेशसभातर्फको मत गणना सकिएको छ । अब स्थानीय जनमप्रतिनिधिको मत गन्न बाँकी छ । कुल ९३ सांसदमध्ये एमालेकी महिना उम्मेदवार रकमिणी कोइरालाले ४९ मत पाएकी छन् भने गठबन्धनकी उम्मेदवार चम्पादेवी कार्कीले ४४ पाएकी छन् । एमाले र राप्रपाका ४६ सांसद रहेकोमा कोइरालालाई गठबन्धनका तीनजना सांसदले मत दिएका छन् । गठबन्धनकी कार्कीले ४७ मत पाउनुपर्नेमा ४४ मत मात्रै पाएकी छिन् । प्रदेश सांसदको एक मत बराबर ५३ मतभार हुन्छ । यो हिसाबले एमालेकी कोइरालाले २५९७ र गठबन्धनतर्फ माओवादीको चम्पा कार्कीले प्रदेशसभाबाट पाएको मतभार २३३२ रहेको छ । अन्यतर्फ भने प्रदेशसभामा गठबन्धनका उम्मेदवार कृष्ण सिटौलाले आफ्नो ४७ मत सुरक्षित गरेका छन् । मतगणना जारी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका