जोडिनुहोस
  • होमपेज
  • अध्यागमनका कर्मचारी र प्रहरी कर्मचारीबीच भएको विवाद प्रकरणः तीन प्रहरी सरुवा

अध्यागमनका कर्मचारी र प्रहरी कर्मचारीबीच भएको विवाद प्रकरणः तीन प्रहरी सरुवा

काठमाडौं ।अध्यागमन बिमानस्थलबाट तीन प्रहरी कर्मचारी सरुवा भएका छन् । कर्मचारीसँग भएको विवादमा कारबाहीका लागि सिफारिस भएका तीन प्रहरी अधिकारीलाई विमानस्थलबाट सरुवा गरिएको हो ।उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले छानबिन समितिको प्रतिवेदनपछि थप अनुसन्धानका लागि विमानस्थलबाट सरुवा गरेको हो ।

प्रहरी सहायक निरीक्षक सञ्जय तामाङ, प्रहरी जवान रविरञ्जन गुप्ता र राजकुमार महतोलाई सरुवा गरिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अधिकृत छायाँलाल मोक्तान १२ माघमा विमानस्थलको अराइभलबाट डिपार्चरतिर गएका थिए । मेटल डिटेक्टर भएको स्थानमा उनलाई चेकजाँच गर्न खोज्दा मोक्तानले आफू ‘अधिकृत भएको’ बताउँदै जाँच गर्न नमानी दादागिरी गरेका थिए । उनले फोहोरी शब्द समेत बोलेको प्रहरीको निष्कर्ष छ ।

सोही विषयमा प्रहरी र कर्मचारीबीच झगडा भएको थियो । सोही विषयमा विमानस्थलका प्रहरी प्रमुख डीआईजी अर्जुन चन्दले प्रहरी जवानलाई हौसला दिएका थिए । तर, गृह मन्त्रालयले बनाएको सह–सचिव थानेश्वर गौतम नेतृत्वको छानबिन समितिले कारबाही गर्न सिफारिस गरेपछि असन्तुष्ट बन्दै राजीनामा पत्र बुझाएका थिए ।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, एआईजी टेकप्रसाद राई, मिरा चौधरी लगायतसँग भएको छलफलपछि राजीनामा स्वीकृती भएको थिएन् । राजीनामा दिएर चन्द अहिले १० दिने विदामा बसेका छन् । विमानस्थलका एसएसपी दिपशमशेर जबराले विमानस्थल प्रहरीले तीन प्रहरीलाई पुरस्कृत गरिएको विषय सत्य नरहेको बताएका थिए ।

प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृतले पनि छानबिन समितिले कारबाही गर्न सिफारिस गरेका बेला पुरस्कृत गरेको भए कारबाही हुने बताए । यद्यपि, पुरस्कृत गरिएकोबारे उपत्यका प्रहरी कार्यालय र प्रहरी प्रधान कार्यालय दुवैले जानकारी नभएको जनाएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता भीमप्रसाद ढकालले ‘प्रहरी किताबखानालाई पनि जानकारी गराउनुपर्ने हुनाले उपत्यका प्रहरी हुँदै प्रहरी प्रधान कार्यालयसम्म त्यो विवरण आउनुपर्ने हो तर त्यो नआएको उल्लेख गरेका छन् । प्रहरी किताबखानाका निर्देशक निरजकुमार खत्रीले पनि पुरस्कृत गरिएको कुरा सत्य नभएको स्वीकारेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका