जोडिनुहोस
  • होमपेज
  • आज २०८० साल माघ १४ गते आइबारको राशिफल

आज २०८० साल माघ १४ गते आइबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेषः आजको दिन राम्रो छ। नयाँ कुराको खोजी गर्दै हुनुहुन्छ भने भेटिने छ। शिक्षा क्षेत्रमा सफलता प्राप्त हुनेछ। अरुले गर्व गर्ने खालको कामको सुरुवात गर्नु राम्रो हुन्छ। ठुलो लगानी गर्नुभएको भए फाइदा हुनेछ। परिवारको साथ प्राप्त हुनेछ।

वृषः दैनिकी राम्रो छ। मन खुशी हुनेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवार भित्रकै सदस्यले ठगी गर्ने भएकाले सचेत हुनुपर्ने देखिन्छ। शिक्षामा गरेको लगानीबाट राम्रो नतिजा प्राप्त हुनेछ।

मिथुनः वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। पुरानो रोग बल्झिएर दुःख दिनसक्छ। खानपानमा विशेष ख्याल गर्नुपर्नेछ। परिवारको साथ पाइने छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कटः समय सामान्य छ। गर्दै गरेको काम अधुरो बन्नेछ। जुनसुकै काम गर्दा पनि झन्झट आइपर्ने देखिन्छ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

सिंहः दिन राम्रो छ। शिक्षामा गरेको लगानी सफल हुनेछ। राज्यको सेवामा राम्रो नतिजा प्राप्त हुनेछ। साथीको सहयोग प्राप्त हुनेछ। विश्वास गरेका पात्रले धोखा दिने भएकाले घरभित्र व्यवहार गर्दा सचेत हुनु राम्रो हुन्छ।

कन्याः दिन राम्रो छ। तपाईंका हरेक क्षेत्र सबल छन्। आफ्ना क्षेत्र सबल हुनाले साथी टाढा हुनेछन्। नम्र भएर बस्नु फाइदा हुनेछ। रोजगारीको क्षेत्रमा फाइदा छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

तुलाः दिन राम्रो छ। समाजमा तपाईंको कामको प्रभाव देखिने छ। प्रतिस्पर्धीले कामको सम्मान गर्नेछन्। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिकः समय सामान्य छ। सानो गल्तीले भयावह रुप लिने सम्भावना छ। आरोप–प्रत्यारोप सुन्नुपर्ने देखिन्छ। शिक्षाको क्षेत्रमा गरेको लगानी सफल बन्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ। चिसोले स्वास्थ्यमा समस्या हुनसक्छ।

धनुः दैनिकी राम्रो छ। खुशी साट्ने योग छ। धर्ममा मन जानेछ। हरेक क्षेत्र अब्बल छन्। बोलीमा नम्रता देखिए परिवारको साथ मिल्नेछ।

मकरः दिन सामान्य छ। आरोप प्रत्यारोप सुन्नुपर्ने हुनसक्छ। आफ्नै सहकर्मीले कुरा काट्ने देखिन्छ। तपाईंको कर्मको प्रभावले लगानी गरेको भए फाइदा हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। अचानक धन खर्च हुने योग रहेको छ।

कुम्भः दिन सामान्य राम्रो छ। धनीको छाया रहेकाले बोलीको कारण समाजमा नकारात्मक टिप्पणी हुनेछ। व्यापारबाट फाइदा हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट भने फाइदा हुनेछ।

मीनः दिन राम्रो छ। धन बढ्नेछ। धार्मिक ठाउँको यात्रा हुने योग छ। परिवारको साथ र सहयोग मिल्नेछ। बोलीमा नम्रता देखाउनु आवश्यक छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका