जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्यमा समस्या आएपछि अल्लूको पुष्पा–२ को रिलिज धकेलिने

स्वास्थ्यमा समस्या आएपछि अल्लूको पुष्पा–२ को रिलिज धकेलिने

काठमाडौँ । यस वर्ष रिलिज हुन लागेको दुई दक्षिण भारतीय चलचित्र अल्लू अर्जुनको ‘पुष्पा–२’ र जुनियर एनटीआरको ‘देवारा’ का लागि दर्शकहरूले केही थप समय पर्खनुपर्ने भएको छ ।

पुष्पा–२ का निर्माताहरुले चलचित्रको रिलिज मिति १५ अगस्त २०२४ तय गरेका थिए भने देवाराका लागि ५ अप्रिलको मिति तय गरिएको थियो । तर अहिले दुवै चलचित्र निर्धारित समयमा रिलिज नहुने भएका छन् ।

सुपरस्टार अल्लू अर्जुन लामो समयदेखि पुष्पा–२ को सुटिङमा जुटेका थिए । तर, स्वास्थ्यमा समस्या आएपछि उनले सुटिङबाट ब्रेक लिएका छन् । अल्लूले कहिलेदेखि पुनः सुटिङ सुरु गर्छन् भन्ने यकिन भएको छैन । तर, यसले चलचित्रको पोस्ट प्रोडक्सनमा असर पर्ने बताइएको छ ।

यता देवारामा भैराका भूमिका निभाइरहेका बलिउड अभिनेता सैफ अली खानले हालै शल्यक्रिया गरेका छन् । उनी अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने हाल ब्रेकमा रहेका छन् । यसले चलचित्रको सुटिङमा असर पर्ने बताइएपनि उनले यसअघि नै आफ्नो हिस्साको सुटिङ पूरा गरिसकेको जानकारी दिइएको छ ।

तर चलचित्रको भीएफएक्स र संगीतका कारण केही ढिलाइ भइरहेको कुरा छ । यसले चलचित्रको रिलिज गर्ने मितिमा असर पर्ने देखिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका