जोडिनुहोस
  • होमपेज
  • प्रचण्ड र ओलीबीच के भो कुराकानी ?

प्रचण्ड र ओलीबीच के भो कुराकानी ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच सिंहदरबारमा भेटवार्ता भएको छ । समसामयिक विषयमा छलफल गर्न ओली सिंहदरवार पुगेको उनको सचिवालयले जनाएको छ।

एमालेले मंसिर १४ गतेदेखि झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म अभियान सुरु गर्दैछ । त्यसका लागि ओली आजै धनगढी प्रस्थान गर्दैछन् । त्यसअघि विभिन्न राजनीतिक विषयमा प्रधानमन्त्रीसँग कुराकानी गर्न ओली सिंहदरबार पुगेको बताइन्छ ।

प्रहरी समायोजनका लागि दबाब दिन भन्दै ६ वटै प्रदेशका गृहमन्त्रीले आजै प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेका छन् । ओली र प्रचण्डबीच यस विषयमा पनि कुराकानी भएको बुझिएको छ ।

भूकम्पले भत्काएको प्रधानमन्त्री कार्यालय केही दिनअघिदेखि साविककै रुपमा सञ्चालनमा आएको छ । ओली र प्रचण्डले पुनर्निर्माण भएको प्रधानमन्त्री कार्यालयको अवलोकनसमेत गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका