जोडिनुहोस
  • होमपेज
  • उच्च अदालत पाटनका न्यायाधीश मरासिनीको निधन, सबै पेशी स्थगित

उच्च अदालत पाटनका न्यायाधीश मरासिनीको निधन, सबै पेशी स्थगित

उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासिनीको हृदयाघातबाट निधन भएको छ।

मंगलबार इजलासमा जाने तयारीमा रहेका उनको हृदयघातबाट मृत्यु भएको हो।

घरमै हृदयाघात भएका उनलाई लगत्तै उपचारका लागि अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्।

न्यायाधीश मरासिनीको उच्च अदालतको ५ नम्बर इजलासमा एकल पेशी तोकिएको थियो।

न्यायाधीशको मृत्युपछि उच्च अदालत पाटनको सबै पेशी स्थगित भएको अदालतले जानकारी दिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका