जोडिनुहोस
  • होमपेज
  • पूर्वअर्थमन्त्री पौडेलद्वारा आईसीपी क्षेत्रको अवलोकन

पूर्वअर्थमन्त्री पौडेलद्वारा आईसीपी क्षेत्रको अवलोकन

पूर्वउपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले रूपन्देहीको भैरहवामा निर्माणाधीन एकीकृत भन्सार जाँच चौकी आईसीपी क्षेत्रको अवलोकन तथा निरीक्षण गरेका छन् । बुधबार निरीक्षण गदै पौडेलले यो आयोजना आईसीपी छिटो र गुणस्तरीय बनोस् भन्ने कुरामा आफूहरूको चासो रहेको बताए । रूपन्देही क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य समेत रहेका पौडेलले बीचमा आईसीपी निर्माणमा केही अवरोध आएको र त्यसलाई हटाइएको बताए । पौडेलले आईसीपी दुई देशबीचको व्यवसायिक कारोबार तथा व्यापारका लागि अत्यन्तै महत्वपूर्ण मानिने बताए । नेपाल भारतबीचको व्यापारलाई सहजीकरण गरी दुई देशबीच आयात निर्यातमा सहजता ल्याउने उद्देश्यले आईसीपी निर्माणको सम्झौता भएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका