जोडिनुहोस
  • होमपेज
  • राष्ट्रपति पौडेलसँग रिसाए ओली, पदीय मर्यादामा नबसेको आरोप

राष्ट्रपति पौडेलसँग रिसाए ओली, पदीय मर्यादामा नबसेको आरोप

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति रामचन्द्र पौडेलसँग आक्रोशित भएका छन् । पार्टी संसदीय दलको बैठकलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै ओलीले राष्ट्रपति पौडेलको पछिल्लो भूमिकालाइ लिएर आक्रोशित भएका हुन् ।

सो क्रममा ओलीले राष्ट्रपति पौडेल आफ्नो पदीय मर्यादामा नबसेको बताए । राष्ट्रपतिलाई संविधान अनुसार काम गर्नु पर्नेमा त्यसो नगरी पार्टीभन्दा माथि उठन नसकेको पनि आरोप लगाए । ‘राष्ट्रपतिजी तपाईँ कांग्रेसको प्रतिनिधि होइन, सिङ्गै देशको राष्ट्रपति हो, आफ्नो थान्कामा बस्नुहोस्, आफूले पाएको अधिकार प्रयोग गर्नुस्, जथाभावी अधिकारको प्रयोग नगर्नुहोस्, गठबन्धनका प्रतिनिधि होइन राष्ट्रपतिज्यू तपाईँ, देशको प्रतिनिधि हो, देशको प्रतिनिधि भएर काम गर्नुहोस्’, उनले भने ।

राष्ट्रपतिले तनहुँमा कांग्रेस भएर भाषण गरेको भन्दै ओलीले आलोचना गरेका हुन् । पौडेलमा आफू राष्ट्रपति भएको ख्याल नै नभएकोसमेत उनको भनाइ छ । ओलीले राष्ट्रपति कानुनभन्दा माथि होइन भन्ने कुरा नबिर्सन पौडेललाई आग्रह गरेका छन । ‘राष्ट्रपति संविधानभन्दा माथि होइन, हामीले राजालाई त संविधानभित्र ल्याएर संविधानभन्दा माथि नहुने गराएका थियौँ, त्यो दायरा नाघ्दा राजतन्त्र समाप्त भयो, संविधानको दायरा नाघ्यो भने कसैको पनि भलो हुँदैन’, उनले भने । पौडेलसँग राष्ट्रपति पदको सचेतता होइन, गठबन्धन र बहुमतको दम्भ रहेको टिप्पणी गर्दै ओलीले राष्ट्रपति पौडेललाई दम्भ त्याग्न आग्रह पनि गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका