जोडिनुहोस
  • होमपेज
  • सुनचाँदीको मूल्य घट्यो, प्रति तोला कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, प्रति तोला कतिमा हुँदैछ कारोबार ?

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको जानकारी दिएको छ । महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा सुनको मूल्य ६०० रुपैयाँले घटेर कारोबारमा आएको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ९०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ३५० रुपैयाँ रहेको महासंघले जनाएको छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ९५० रुपैयाँ थियो ।

महासंघका अनुसार आज चाँदीको मूल्यमा समेत गिरावट आएको छ । गत साताको शुक्रबारको तुलनामा २० रुपैयाँले घट्दै आज १३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । गत साताको शुक्रबार चाँदीको मूल्य १४ सय १५ रुपैयाँ थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका