जोडिनुहोस
  • होमपेज
  • विश्वकै उत्कृष्ट नेपालको यो फोटो

विश्वकै उत्कृष्ट नेपालको यो फोटो

काठमाडौं।झिंगा धपाउन जिउमा बालुवा छर्किँदै गरेको नेपाली हात्तीको तस्बिरले ‘सोनी विश्व फोटोग्राफी अवार्ड(२०२४’ जितेको छ ।

पर्यटक फोटोग्राफर लि जु सेनले चितवनको नारायणी नदीमा खिचेको यो तस्बिरसँगै इजिप्टको समुद्रमा रहेको गोताखोर र क्रिसमस मनाउँदै गरेको एक बालकको तस्बिरले पनि अवार्ड जितेका छन् ।

विजयी तस्बिरहरू मंगलबार विश्व फोटोग्राफी संगठनद्वारा सार्वजनिक गरिएको थियो । सोनी वर्ल्ड फोटोग्राफी अवार्ड(२०२४ मा प्रकृति, कला, संस्कृति र मानव जीवनका विविध पक्षसँग सम्बन्धित ३ लाख ९५ हजार तस्बिर प्रतिष्पर्धामा थिए । ती तस्बिरहरू विभिन्न ५४ देशका फोटोग्राफरहरूले खिचेको अमेरिकी सञ्चारमाध्यम सीएनएनले जनाएको छ ।

सोनी वर्ल्ड फोटोग्राफी अवार्डका विद्यार्थी, युवा, खुला र व्यावसायिक प्रतियोगिताका विजेताहरू अप्रिल १८ मा घोषणा गरिनेछ । विजयी सबै तस्बिरहरु अप्रिल १९ देखि मे सम्म लन्डनको समरसेट हाउसमा हुने प्रदर्शनीमा राखिने आयोजकले जनाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका