जोडिनुहोस
  • होमपेज
  • श्रीलङ्काले ४५ दिनमा पर्यटनबाट ७ अर्ब रुपी कमायो

श्रीलङ्काले ४५ दिनमा पर्यटनबाट ७ अर्ब रुपी कमायो

श्रीलङ्काले यस वर्षको पहिलो ४५ दिनमा पर्यटनबाट सात अर्ब रुपी अर्थात् लगभग २२ दशमलव ४ मिलियन अमेरिकी डलर कमाएको छ । श्रीलङ्काको सरकारी सञ्चारमाध्यम सन्डे अब्जर्भरु का अनुसार पर्यटनबाट ४५ दिनमा कमाएको यो रकम अहिलेसम्मकै धेरै हो । अहिले श्रीलङ्कामा दैनिक नौ हजार जना पर्यटक पुगिरहेका खबरमा उल्लेख छ ।

४५ दिनमा तीन लाख छ हजार सात सय जना पर्यटक पुगेका छन् । श्रीलङ्का जाने पर्यटकमध्ये सबैभन्दा धेरै भारत, अस्ट्रेलिया, चीन, भारत र रुसका रहेका छन् ।आधिकारिक तथ्याङ्कअनुसार सन् २०२३ मा श्रीलङ्कामा झन्डै १५ लाख जना पर्यटक पुगेका थिए । आर्थिकरूपमा टाट पल्टिएको श्रीलङ्कामा पछिल्लो समय पर्यटक ओइरिन थालेका छन् । आउँदो वर्षसम्म श्रीलङ्काले वार्षिक २५ लाख पर्यटक भित्राउने लक्ष्य लिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका