जोडिनुहोस
  • होमपेज
  • राष्ट्रिय सभा अध्यक्षमा आफ्नै उम्मेदवार उठाउने माओवादीको निर्णय

राष्ट्रिय सभा अध्यक्षमा आफ्नै उम्मेदवार उठाउने माओवादीको निर्णय

नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ । सत्ता गठबन्धनले राष्ट्रिय सभा चुनावमा नेपाली कांग्रेसका नेता कृष्ण सिटौलालाई अघि सार्ने चर्चाकाबीच माओवादीले आफ्नै उम्मेदवार पठाउने निर्णय गरेको हो ।

माओवादीको स्थायी कमिटी बैठकमा हिजो धेरैजसो नेताहरूले राष्ट्रिय सभा अध्यक्षमा दाबी प्रस्तुत गर्नुपर्ने अडान राखेका थिए । संवैधानिक आयोगका पदाधिकारी नियुक्ति सिफारिस गर्ने छ सदस्यीय संवैधानिक परिषद्को सदस्यसमेत हुने भएकाले कांग्रेस र माओवादी केन्द्र दुवै दलले राष्ट्रिय सभा अध्यक्ष आफनो दलका नेतालाई बनाउन चाहेका छन् ।

राष्ट्रिय सभा अध्यक्षको चुनाव यही फागुन २९ गते हुँदैछ । राष्ट्रिय सभा सदस्यका लागि गएको माघ ११ गते भएको चुनावबाट १९ जना विजयी भएका छन् । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० जना सदस्यको कार्यकाल आउँदो २१ गते सकिँदैछ ।

राष्ट्रिय सभाको अध्यक्षमा पार्टीबाटै उम्मेदवारी दिने र आउँदो चुनावमा गठबन्धन नगरि एक्लै लड्ने पनि निर्णय गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिनुभयो । बैठकले पार्टीको प्रदेश इन्चार्ज र सहइन्चार्ज पनि तोकेको छ । पार्टीले गरेको कार्यविभाजनमा उपमहासचिव जनार्दन शर्माले असहमति व्यक्त गर्नुभएको छ । उहाँले विधान अधिवेशनमा प्रत्यक्ष निर्वाचित पदाधिकारी हुनुपर्छ भन्ने मत राख्ने आफू लगायतलाई जिम्मेवारीविहीन बनाइएकोमा असहमति रहेको बताउनुभयो ।

यस्तै माओवादी केन्द्रले मधेसरतराई राष्ट्रिय जागरण अभियान चैत १५ गतेदेखि र हिमाल–पहाड–मधेस राष्ट्रिय एकता अभियान वैशाख १५ गतेदेखि गर्ने निर्णय गरेको छ । स्थायी कमिटी बैठकले मिटरब्याज पीडित, लघुवित्त पीडित र दुग्ध उत्पादक किसानको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण समेत गराएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका