जोडिनुहोस
  • होमपेज
  • आफ्ना माग र अधिकार पुरा गराउन शिक्षकहरू मर्यादित हुनुपर्छ मोहन बस्नेत

आफ्ना माग र अधिकार पुरा गराउन शिक्षकहरू मर्यादित हुनुपर्छ मोहन बस्नेत

स्वास्थ्यमन्त्री मोहन बस्नेतले आफ्ना माग र अधिकार पुरा गराउन शिक्षकहरू मर्यादित भएर लाग्नुपर्ने बताएका छन् । नेपाल शिक्षक संघ सिन्धुपाल्चोक जिल्ला कार्यसमितिले शनिबार सिन्धुपाल्चोकमा आयोजना गरेको कार्यक्रममा मन्त्री बस्नेतले शिक्षण पेशा मर्यादित भएको भन्दै आफ्ना माग र अधिकार पुरा गराउन शिक्षकहरू मर्यादित भएर लाग्नुपर्ने बताएका हुन् ।

अहिलेको व्यवस्थामा आफूहरूको माग पुरा गराउन यसअघि विद्यालय नै बन्द गरेको भन्दै त्यसले पठनपाठनमा असर परेको उनले बताए । मन्त्री बस्नेतले आजीवन शिक्षक भएर काम गरेकालाई सरकारले आवश्यक व्यवस्था गर्नुपर्ने धारणा राखे ।

शिक्षकहरुको समस्या समाधान गर्न सरकार सकारात्मक रहेको उनको भनाइ छ । मन्त्री बस्नेतले शिक्षा क्षेत्रमा धेरै काम भएपनि चिकित्सा क्षेत्रको पढाई भने सहज नभएको बताए । यसलाई सहज गर्न चिकित्सा शिक्षा ऐन संशोधनको प्रक्रियामा अघि बढेको उनले बताए । उनले नेपाललाई मेडिकल शिक्षाको हव बनाएरै छाड्ने उल्लेख गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका