जोडिनुहोस
  • होमपेज
  • वैदेशिक रोजगारका क्रममा गर्भवती हुने महिला ‘नेपाली पुरुष’ बाटै शोषणमा

वैदेशिक रोजगारका क्रममा गर्भवती हुने महिला ‘नेपाली पुरुष’ बाटै शोषणमा

वैदेशिक रोजगारका क्रममा गर्भवती भएर फर्किने अधिकांश महिला नेपाली पुरुषबाटै शोषणमा परेको तथ्यांक सार्वजनिक भएको छ । रोजगारका क्रममा समस्या परेपछि शरण परेका महिलामाथि नेपाली पुरुषहरूले नै शोषण गरेको पाइएको हो ।

बुधबार तरंगिनी फाउण्डेसनले आयोजना गरेको अन्तर्राष्ट्रिय श्रमिकको सम्मानसम्बन्धी सञ्चारकर्मीहरूसँगको अन्तरक्रिया कार्यक्रममा पीडित महिलाहरूले नेपाली पुरुषहरूले नै शारीरिक शोषण गरेको भन्दै न्यायको लागि पहल गरेको सुनाए ।

महिला मानव अधिकार रक्षक सञ्जाल (ओरेक) तथा तरंगिनी महिला अधिकार प्रशिक्षण केन्द्रका अध्यक्ष डा. रेणु अधिकारीले वैदेशिक रोजगारमा गएका महिला अरबीहरुबाट भन्दा धेरै आफ्नै नेपाली दाजुभाइबाट यौन हिंसामा परेको बताइन् ।

उनी भन्छिन्, ‘महिलाको पाठेघर सृष्टिको मुहान हुनुपर्ने तर पीडाको मुहान बन्न पुगेको छ ।’

त्यस्तै उनले गर्भवती भएर फर्किएका महिलाको समाचार लेख्दा सञ्चारमाध्यमले पत्रकारिताको आचारसंहिता पालना नगरेको भन्दै आक्रोश व्यक्त गरेकी छन् । त्यस्तै, उनले वैदेशिक रोजगारमा जाने महिलाको यौनिकतामाथि प्रश्न उठाएर उनीहरूलाई कमजोर नठान्न आग्रह गरिन् । घरेलु कामदारका रुपमा गएका महिला वार्षिक २५ देखि ३० जना गर्भवती भएर नेपाल फर्किन्छन् । नेपाल सरकारले महिलालाई घरेलु कामदारका रुपमा पठाउन स्वीकृति भने दिएको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका