जोडिनुहोस
  • होमपेज
  • हात्तीले दुःख दिएपछि झापाको कचनकवलबाट ४ वर्षमा १ हजार ६ सय ८ घर परिवार अन्यत्र गए

हात्तीले दुःख दिएपछि झापाको कचनकवलबाट ४ वर्षमा १ हजार ६ सय ८ घर परिवार अन्यत्र गए

झापाको कचनकवल गाउँपालिकामा हात्ती आक्रमणबाट ज्यान जोगाउनका लागि बसाइँ सर्नेको सङ्ख्या बढ्न थालेको छ । दैनिक आउने जङ्गली हात्तीबाट जनधनको क्षति हुन थालेपछि स्थानीयवासी बसाइँ सर्न थालेका हुन् । पालिकाबाट चार वर्षको अवधिमा एक हजार छ सय आठ घर परिवार बसाइँ सरेर पालिकाभन्दा अन्यत्र गएका गाउँपालिकाको कार्यालयले जनाएको छ ।

कचनकवल–१ घेराबारी निवासी ५५ वर्षीया सीता सुवेदीले हात्तीले पटक पटक घर भत्काएर अन्नबाली खाएपछि आफ्नो परिवार बसाइँ सर्न बाध्य भएको बताउनुभयो । गएको जेठमा हात्तीले घर भत्काएर भण्डारण गरेको अन्नबालीसमेत खाइदिएपछि उहाँको परिवार कमल गाउँपालिका–६ मङ्गलबारे डेरा गरेर बसेको छ । जङ्गली हात्तीको हुल दैनिकजसो बस्तीमा पस्न थालेपछि गाउँमै बस्न सक्ने अवस्था नै नरहेको स्थानीयवासीको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका