जोडिनुहोस
  • होमपेज
  • तोलामा ९०० रुपैयाँले घट्यो सुनको मूल्य

तोलामा ९०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेको छ । महासंघले आजको मूल्यसूची तय गर्दै हिजोको तुलनामा प्रतितोला ९०० रुपैयाँ घटेको जनाएको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ८०० रुपैयाँ कायम छ । हिजो मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ७०० रुपैयाँ कायम थियो । यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार २५० रुपैयाँ कायम छ ।

हिजो सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको थियो । सोमबारको तुलनामा ३०० रुपैयाँले बढेर सुनको मूल्य कारोबारमा आएको महासंघले जनाएको थियो । तर, आज एकै दिन तोलामा ९०० रुपैयाँले घटेर कारोबारमा आएको हो ।

यस्तै, आज चाँदीको मूल्य समेत २५ रुपैयाँले घटेको छ । यससँगै, चाँदीको मूल्य तोलामा १४ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि, चाँदीको मूल्य तोलामा १४ सय ५० रुपैयाँ तोकिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका