जोडिनुहोस
  • होमपेज
  • वीरगञ्जमा आज राति १० बजेसम्मका लागि कर्फ्यु हटाइयो

वीरगञ्जमा आज राति १० बजेसम्मका लागि कर्फ्यु हटाइयो

जिल्ला प्रशासन कार्यालय पर्साले अस्ति सोमवार बेलुकादेखि वीरगञ्ज महानगरपालिकामा लगाएको अनिश्चितकालीन कर्फ्यु आज राति १० बजेसम्मका लागि हटाएको छ । सोमवार बेलुका ५ बजेदेखि जारी कर्फ्यु हिजो चार घण्टा खोलेर पुनः लगाइएको थियो ।

आज बिहान ६ बजेदेखि ११ बजेसम्म खुकुलो पारिएको र बिहान ११ बजेदेखि राति १० बजेसम्मका लागि हटाइएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । गएको बिहीवार रौतहटको ईशनाथ नगरपालिकाको मोतीपुरमा दुईपक्षबिच विवाद र झडप भएको विषयलाई लिएर वीरगञ्जमा पनि विवाद र झडपको स्थिति उत्पन्न भएपछि स्थानीय प्रशासनले वीरगञ्ज महानगरपालिका क्षेत्रमा कर्फ्यु लगाएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका