जोडिनुहोस

खेलकुद

हङकङसँग नेपाल पराजित

  • Sagarmatha TV
  • शनिबार, फाल्गुन २६, २०८०
हङकङसँग नेपाल पराजित

हङकङविरुद्धको मैत्रीपूर्ण टी-२० खेलमा नेपाल पराजित भएको छ । शनिबार नेपाललाई ७३ रनले पराजित गर्दै घरेलु टोलीले प्रतियोगिताको उपाधि जितेको हो ।हङकङले प्रस्तुत गरेको २ सय १३ रनको लक्ष्य पछ्याएको नेपाल १६ दशमलव ४ ओभरमा १ सय ३९ रनमा समेटिएको छ । बिनोद भण्डारीले ४२, रोहित पौडेलले ३० र आरिफ शेखले ३८ रन बनाएको इनिङ्समा अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

नेपालको सुरुवात भने राम्रो रह्यो । उसले ३ विकेटको क्षतिमा १ सय १७ रन बनाएको थियो । त्यसपछि नेपालले थप २२ रन जोड्न बाँकी सबै विकेट गुमाएको हो । सन्दीप जोरा २, गुलसन झा ८, विवेक यादव १, रासिद खान ३, प्रतिश जिसी शुन्य र आकाश चन्द २ रनमा आउट भए । सागर ढकाल शुन्य रनमा अविजित रहदाँ ओपनर कुशल भुर्तेल २ रनमा पोविलियन फर्किएका थिए ।

हङकङका अजाज खानले ४ विकेट चट्काए । इशान खान ३ तथा अतित इकबाल र नसरुल्ला राणाले समान एक एक विकेट हात पारे । शनिबार हङकङको मिसन रोड ग्राउन्डमा पहिले ब्याटिङ गरेको हङकङले निर्धारित ओभरमा ६ विकेट गुमाएर २ सय १२ रन बनाएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका