जोडिनुहोस
  • होमपेज
  • व्यवस्था फेरिए पनि देशको अवस्थामा परिवर्तन नभएको भनाइमा सत्यता छैन ; ओली

व्यवस्था फेरिए पनि देशको अवस्थामा परिवर्तन नभएको भनाइमा सत्यता छैन ; ओली

नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्था फेरिए पनि देशको अवस्थामा परिवर्तन भएन भनेर हुँदै आएको टिका–टिप्पणी सही नभएको बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले देशको अवस्था परिवर्तन नभएको भन्दै व्यवस्थाको विकल्प खोजिरहेका बेला एमाले अध्यक्ष ओलीले त्यस्ता कुरामा कुनै सत्यता नरहेको प्रतिक्रिया दिनुभयो । मोतीदेवी स्मृति केन्द्रले आज काठमाण्डौमा गरेको कार्यक्रममा उहाँले अहिले ४० प्रतिशतको हाराहारीमा महिला जनप्रतिनिधि रहेको उल्लेख गर्दै विगतमा त्यस्तो थियो भनेर प्रश्नसमेत गर्नुभयो । ओलीले ३३ प्रतिशत महिला संसद् र सरकारी निकायमा प्रतिनिधित्व संविधानमै सुनिश्चित भएको हुँदा विगतको अवस्थासँग तुलना गर्न नसकिने तर्क गर्नुभयो । उहाँले महिलालाई सशक्तीकरणको बाटोबाट पुरुष सरह अधिकार दिलाउने कुरामा आफ्नो पार्टी लागिपर्ने समेत बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका