जोडिनुहोस
  • होमपेज
  • राखेपले सोध्यो एन्फालाई २४ घण्टे स्पष्टीकरण

राखेपले सोध्यो एन्फालाई २४ घण्टे स्पष्टीकरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई स्पष्टीकरण सोधेको छ । राखेपले बिहीबार एन्फालाई पत्र लेख्दै विश्वकप छनोट खेल्न जाने टिमले राखेपबाट स्वीकृत लिन नपर्नुको कारण केहो ? भन्दै २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

छनौट प्रतियोगितामा भूमिका नभएका अनावश्यक १० जना व्यक्ति किन भ्रमण टोलीमा सहभागी गराएको भन्दै स्ष्टीकरण सोधिएको छ । राखेपले पत्र प्राप्त भएको २४ घण्टाभित्र चित्त बुझ्दो जवाफ परिषदमा पेश गर्न निर्देशन दिएको छ ।

खेलकुद ऐन अनुसार अनावश्यक व्यक्तिलाई विदेश पठाएको भन्दै युवा तथा खेलकुद मन्त्रालयले एन्फालाई कारबाही गर्न राखेपलाई निर्देशन दिएको थियो । सोही निर्देशन अनुसार राखेपले एन्फालाई स्पष्टीकरण सोधेको हो ।

बहराईनमा आयोजना हुने फिफा विश्वकप २०२६ फुटबल छनौट प्रतियोगितामा नेपालको तर्फबाट सहभागी हुन नेपाली टोली मलेशिया प्रस्थान गरेको थियो । राष्ट्रिय टीमसँग मलेसिया गएको नेपाली टोलीमा एन्फाका उपाध्यक्ष, सीईओसहित १० जना सदस्य अफिसियल बनेर गएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका