जोडिनुहोस
  • होमपेज
  • एसीसी प्रिमियर कपः नेपाल र ओमान भिड्दै

एसीसी प्रिमियर कपः नेपाल र ओमान भिड्दै

काठमाडौं, ८ वैशाख । काठमाडौंमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा आज घरेलु टोली नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल बिहान ९ बजेबाट कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सुरु हुनेछ ।

यसैगरी, सोही समयमा मुलपानी क्रिकेट मैदानमा हङकङ र यूएई बीच प्रतिस्पर्धा हुनेछ ।

कुल दश टिमको सहभागिता रहेको प्रतियोगिताको समूह ए मा आयोजक नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेबिया रहेका छन् भने समूह बी मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र यूएई रहेका छन् ।

लिग चरणको समाप्तिमा प्रत्येक समूहको शीर्ष दुई स्थानका टिमले सेमिफाइनलको यात्रा तय गर्नेछ । प्रतियोगिताका विजेता टिम एसिया कपका लागि छनोट हुनेछ । शीर्ष तीन स्थानमा रहने टिम एसिया इमर्जिङपका लागि छनोट हुने एसियन क्रिकेट काउन्सिल (एसीसी)ले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका