जोडिनुहोस
  • होमपेज
  • सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेमाथि पनि छानबिन गर्न कांग्रेसको माग

सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेमाथि पनि छानबिन गर्न कांग्रेसको माग

नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगनकुमार थापाले सहकारी ठगी प्रकरणमा नाम जोडिएका गृहमन्त्री रवि लामिछानेमाथि पनि छानबिन गर्नुपर्ने बताउनुभएको छ । आज प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद थापाले पोखराको सूर्यदर्शन सहकारीको सदस्य नै नभए पनि गृहमन्त्री रवि लामिछानेले एक करोड रुपैयाँ गैरकानुनीरूपमा लिएको भन्दै यस प्रकरणमा छानबिन हुनुपर्ने बताउनुभएको हो । उहाँले लामिछाने र सूर्यदर्शन सहकारीलाई अनुसन्धान नगर्ने हो भने अरू धेरै सहकारीलाई पनि छोड्नुपर्ने अवस्था आउने भएकाले सबैलाई छानबिन गर्नुपर्ने बताउनुभयो ।

पोखराको सूर्यदर्शन सहकारी झण्डै १९ हजार जनाको एक अर्ब ३५ करोड रुपैयाँभन्दा बढी पैसा अपचलनमा परेको पोखरा महानगरपालिकाको अध्ययनले देखाएको छ । यसैबीच नेकपा एमालेका सांसद ऋषिकेश पोखरेलले सहकारीको रकम अपचलन भएको विषयमा अनुसन्धान गर्न अधिकार सम्पन्न आयोग बनाउन माग गर्नुभएको छ । संसद् बैठकमा बोल्दै उहाँले सहकारी आन्दोलनको संरक्षण गर्नुपर्ने बताउनुभयो । सहकारीका ऋणीको पनि अध्ययन गर्नुपर्ने उहाँको प्रस्ताव छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका