जोडिनुहोस
  • होमपेज
  • ठमेल र दरबारमार्ग क्षेत्र २४ सै घण्टा खुलाउने तयारी

ठमेल र दरबारमार्ग क्षेत्र २४ सै घण्टा खुलाउने तयारी

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको निर्देशनमा काठमाडौंको ठमेल र दरबारमार्ग बजार क्षेत्र २४ सैं घण्टा खुलाउने तयारी भएको छ । सुरक्षा र अन्य व्यवस्थापनको जिम्मेवारी जिल्ला प्रशासन कार्यालय (काठमाडौं) ले लिने र जिल्ला सुरक्षा समितिले सोहीअनुसार योजना बनाउने कार्य सुरु भएको हो ।

‘ काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतका अनुसार ठमेल र दरबारमार्ग क्षेत्र ढिलो बैशाख १० गतेसम्म खुल्नेछ । ठमेल र दरबारमार्गको अनुभवका आधारमा अन्य पर्यटकीय क्षेत्रलाई पनि क्रमशः २४ सै घण्टा सञ्चालन गर्ने गृह मन्त्रालयको योजना छ । उपप्रधान एवं गृहमन्त्रीको सचिवालयले स्थानीय प्रशासनसँग समन्वय भइरहेको जनाएको छ । हाल दुवै क्षेत्रमा चार समूहमा व्यवसाय गर्ने गरी समय निर्धारण गरिएको स्थानीय प्रशासनले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका