जोडिनुहोस
  • होमपेज
  • तीन केजीको ट्युमरको शल्यक्रिया

तीन केजीको ट्युमरको शल्यक्रिया

चितवन— नवलपरासीका एक व्यक्तिको साँप्रा (तिघ्रा) बाट तीन केजीको ट्युमर निकालिएको छ ।

विगत पाँच वर्षदेखि बढ्दै गएको ट्युमरको गत शुक्रबार शल्यक्रिया गरी निकालिएको हो ।

कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) का डा नारायण बेलबासे नेतृत्वको चिकित्सक टोलीले ५९ वर्षीय पुरुषको साँप्राबाट ट्युमर निकालेको अस्पतालले जनाएको छ ।

डा निश्चित श्रेष्ठ, डा विनय तिमल्सिना, एनेस्थेसियोलोजिष्ट डा राजेश यादवसहितको टोलीले सफल शल्यक्रिया गरेको थियो ।

शल्यक्रियामा संलग्न डा श्रेष्ठका अनुसार पुरुषको देब्रे साँप्रोमा ठूलो ट्युमर देखिएको थियो । आफूहरूले खुट्टामा यति ठूलो ट्युमरको शल्यक्रिया गरेको पहिलो घटना भएको पनि श्रेष्ठले बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका