जोडिनुहोस
  • होमपेज
  • बलमिच्याइँ गरी सत्ता परिवर्तनको सपना नदेखे हुन्छः मुख्यमन्त्री कार्की

बलमिच्याइँ गरी सत्ता परिवर्तनको सपना नदेखे हुन्छः मुख्यमन्त्री कार्की

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले केन्द्रमा सत्ता गठबन्धन फेरिए पनि कोशी प्रदेश सरकार नफेरिने दाबी गरेका छन् । आज (शुक्रबार) मोरङको ग्रामथान गाउँपालिकामा आयोजित झिलकुमारी लुइँटेल स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा मुख्यमन्त्री कार्कीले बलमिच्याइँ गरी सत्ता परिवर्तनको प्रयास गर्नेलाई दिवास्वप्न नदेख्न आग्रह गरे ।

संविधान बाहिर एक इञ्च पनि सरकार नजाने बताउँदै मुख्यमन्त्री कार्कीले भने, ‘संविधान बाहिर राजनीतिक दल जान सक्दैनन् । चाहे छिटोछिटो बोल्ने लेख्ने गृहमन्त्री रवि लामिछाने हुन् वा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री पुष्पकलम दाहाल । उहाँहरु यहाँको प्रदेश प्रमुख भए पनि संविधान बाहिर जानसक्नु हुन्न । त्यो कुरा हेक्का रहोस् ।’

तत्कालीन प्रधानसेनापति रुक्माङ्गद कटवाललाई संविधान बाहिर गएर निकाल्दाको घटना स्मरण गर्न आग्रह गर्दै मुख्यमन्त्री कार्कीले भने, ‘ज्ञात होला सबैलाई, प्रधानसेनापति रुक्माङ्गद कटवाल घटनामा संविधान बाहिर गएर निर्णय गर्दा के भयो रु त्यो पनि ज्ञात होला नि। त्यहाँभन्दा माथि पनि अर्को बसेको छ भन्ने कुरा बुझेर समीक्षा गर्नुहोला । हल्लाको पछि लागेर भ्रममा नपर्नुहोला ।’

कार्यक्रममा झिलकुमारी लुइँटेल पत्रकारिता पुरस्कार कान्तिपुर टेलिभिजनकी संवाददाता सुशीला पाठकलाई प्रदान गरिएको थियो । त्यस्तै सरस्वती उच्च मावि झोराहाटका पूर्व शिक्षकद्वय हरिनन्द दास आछामी र शिवनारायण चौधरीलाई छत्रपति लुइँटेल सेवा निवृत्त शिक्षक सम्मान गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका